Incident Reports

ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा विवाद, स्थानीयको आक्रमणमा परी दुई जना ट्राफिक घाइते

2023-05-19

Lumbini, Banke, Nepalgunj, Ward 17

नेपागलगञ्ज उपमहानगरपालिका–१७ परसपुर स्थित ट्राफिक प्रहरीले जेठ ६ गते गरेको चेकजाँचका क्रममा भएको विवादपछि स्थानीयले गरेको आक्रमणमा परी ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेत र ट्राफिक प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भेरी अस्पताल नेपालगञ्जमा गरिएको ट्राफिक प्रहरीले जनायो ।

ट्राफिक प्रहरीका इन्स्पेक्टर तिलक सुनारका अनुसार चेकजाँचको क्रममा भाग्न खोजेका मेराज शेष सवार भे ११ प १२५५ नं. प्लेटको बुलेट मोटरसाइकल अनियन्त्रित भई अर्को मोटरसाइकलसँग ठोक्किनै लाग्दा जोगिने क्रममा लडेर घाइते हुनु भएको छ ।

घाइते शेषलाई प्रहरीले उद्धार गरी भेरी अस्पताल पुर्‍याएको थियो । शेषको उपचार सोही अस्पतालमा गरिएको थियो ।ट्राफिक प्रहरीले गरेको चेकजाँच अनावश्यक रहेको र चेकजाँचकै कारण शेष दुर्घनामा परी घाइते भएको भन्दै प्रहरीमाथि स्थानीय जाइलागेका थिए ।

ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेतलाई स्थानीयले घरेलु हतियार हँसिया तथा भाँटा प्रयोग गरी आक्रमण गरेका इन्स्पेक्टर सुनारले बताउनु भयो । घटना लगत्तै गणेशमान चौकदेखि परसपुरसम्म ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएका थियो । शेषसँग उक्त समयमा हेल्मेट नलगाई र सवारी लाइसेन्स तथा ब्लुबुक समेत नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले घाइतेको सामान्य अवस्था रहेकाले कानुनी प्रक्रियामा जान नपर्ने बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Sharp weapon , Other
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
INSEC

0 Comments