Incident Reports

जागिर दिलाउने प्रलोभनमा घरमै बोलाई छात्रालाई बलात्कार गरेको आरोपमा उपप्राध्यापक पक्राउ

2023-05-22

छात्रालाई जागिर दिलाउने प्रलोभनमा पारी घरमै बोलाई बलात्कार गरेको आरोपमा एक उपप्राध्यापक पक्राउ परेका छन्। दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसक उपप्राध्यापक अन्दाजी ५० वर्षीय शेषमणि गौतम एक जना २२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार बेलुका पक्राउ परेका हुन्। पक्राउ परेका गौतम उक्त क्याम्पसका पूर्व-क्याम्पस प्रमुखसमेत हुन्। उनी अहिले क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार गौतमका अनुसार उनले एक छात्रालाई जागिरको प्रलोभन पारी आइतबार दिउँसो घरमा बोलाएका थिए।

‘मेरी श्रीमतीले विभिन्न ठाउँमा जागिर खान्छिन् र धेरै मानिसलाई चिनेकी छन्। घरमा आउनू अनि मेरी श्रीमतीलाई भनेर तिम्लाई जागिरको व्यवस्था मिलाइ दिऊँला भनेर छात्रालाई बोलाएका रहेछन्,’ पीडितको भनाइ उद्धृत गर्दै डिएसपी गौतमले भने, ‘तर, घरमा श्रीमतीलगायत कोही नभएको हुँदा बैठक कोठामा पुगेपछि ढोका थुनेर बलात्कार गरेको भन्ने खुलेको छ।’ एक टेक्निकल कलेजमा अध्ययनरत ती छात्रा आरोपित गौतमको घरनजिकै कोठा भाडामा बस्दै आएको हुँदा उनीहरूको बीचमा चिनजान भएको प्रहरी अधिकारी बताउँछन्।

आइतबार दिउँसो घटनापछि विक्षिप्त बनेर पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसलगत्तै आरोपित गौतमलाई आइतबार बेलुका नै लमही नगरपालिका वडा नं. ५ रातोडाँडास्थित निवासबाट पक्राउ गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। पीडितको आइतबार नै स्वास्थ्य चेकजाँच भइसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतमले आरोपितलाई जिल्ला अदालतमा म्याद थपका लागि पठाइएको जानकारी दिए। म्याद थप भइसकेपछि बलात्कारसम्बन्धी मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरू गरिने उनले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments