Incident Reports

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

2023-05-22

Bagmati, Kabhrepalanchok, Banepa, Ward 8

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा रोशी गाउँपालिका-६ घरभइ हाल बनेपा नगरपालिका-८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनालीलाई प्रहरीले ०८० जेठ ५ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालयल बनेपाका डिएसपी रेशम बोहोराका अनुसार बनेपा नगरपालिका-८ मा रहेको लामा क्याफेमा पीडित महिलालाई यौनधन्दामा लगाउँदै आइरहेको सूचना पाएपछि अनुगमनमा जाँदा यौन धन्दामा लगाउँदै गरेको भेटिएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ६ गते धुलिखेल अस्पतालमा भयो । पीडित पक्षले जेठ ७ गते इलाका प्रहरी कार्यालयल बनेपामा उजुरी दिएका थिए । आरोपित क्याफे सञ्चालक मैनालीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाही गर्न जिल्ला अदालत धुलिखेलबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।

0 Comments