Incident Reports

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

2023-05-24

Madhes, Sarlahi, Kaudena, Ward 5

कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा जेठ १७ गते उजुरी दिएकी छिन् ।

पीडित महिलालाई दाइजो बापत नगद एक लाख रुपियाँ र एउटा ईन्डियन मोटरसाईकल नल्याएको भन्दै आरोपितहरूले कुटपिट तथा घरेलु हिंसा गरेको पीडित महिलाका बुबा ४७ वर्षीय रामकिशोर महतोले बताउनु भयो । कुटपिटका कारण पीडितको बायाँ खुट्टा र हातमा चोट लागेको उहाँले बताउनु भयो ।

पीडित महिलाको सामान्य उपचार जेठ ११ गते देखी १३ गते सम्म सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो र थप उपचारका लागि जनकपुर लगिएको बुबा महतोले बताउनु भयो ।

पीडित महिला र आरोपित पति विनोद महतोबिच ०७५ वैशाख १८ गते हिन्दु परम्परा अनुसार विवाह भएको थियो ।

विवाहमा दुई लाख रुपियाँ, एक तोला सुन, फर्निचर तथा अन्य समान दिए तापनि थप दाइजो नल्याएको भन्दै आरोपितले कुटपिट गर्ने गरेको पीडित महिलाका बुबाको आरोप रहेको छ ।

घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments