Incident Reports

भन्सार नतिरी सामान ल्याउन नदिइएपछि काँकरभिट्टा नाकामा प्रदर्शन

2023-06-04

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय महिला व्यापारीहरुले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गर्दा पूर्वी नाकाको स्थिती दिनभर तनावग्रस्त बनेको हो ।काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा लत्ता कपडा लगायतका वस्तुहरु नेपालमा ल्याउने व्यवसायमा छन् ।वर्षौँदेखि कम भन्सार तिरेर वा भन्सार नतिरी सानो परिमाणमा उक्त वस्तुहरु नेपाल ल्याउने गरिरहेका उनीहरुलाई सशस्त्र प्रहरीले भन्सार नतिरी र नेपालमा प्रतिवन्धित वस्तुहरु ल्याउन नदिएपछि तनावको अवस्था सृजना भएको थियो ।प्रदर्शनमा सशस्त्र प्रहरी र व्यपारी महिलाहरु विच घम्साघम्सी र ठेलाठेल समेत भएको थियो । पहिले पहिले प्रहरीले सामान नेपाल भित्राए वापत नजराना लिनेगरेको कारण उनिहरु निर्वाद भारतबाट सामान नेपालमा ल्याइरहेका थिए । भन्सार मुल्य बढी भएका कारण खरिद मुल्य भन्दा बढी भन्सार तिर्नुपर्ने भएपछि सामानहरु लुकिछिपि र भन्सार छलिगरी लानुपरेको वाध्यता भएको व्यापारीहरू बताउँछन् ।काँकरभिट्टा बोडर आउटपोष्टबाट खटिएका शसस्त्र प्रहरीको दुइओटा लाठी समेत प्रदर्शनकारीले खोसिदिएका थिए । उनीहरुले सिटी सफारी र अन्य मानिसहरुको आवत जावतमा समेत अवरुद्ध पर्न खोजेका थिए ।भन्सारबाट सशस्त्रप्रहरी फिर्ता गर, रुपैयाँ लिएर पनि सामान समात्ने सशस्त्र प्रहरीका घुमुवा प्रहरी राम तामाङलाई कारवाही गर, गरी खान देऊ लगायतको नारावाजी गर्दै महिला व्यापारीहरुले प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments