Incident Reports

जुम्लामा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

2023-06-04

Karnali, Jumla, Chandannath

जुम्लाका सामुदायिक विद्यालयका कर्मचारीहरु धर्नामा बसेका छन्।आइतबार देखि शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको परिसरमा विद्यालयका लेखापाल र कार्यालय सहयोगीहरुले धर्ना सुरु गरेका हुन्।धर्ना कार्यक्रम शुक्रबारसम्म गर्ने नेपाल विद्यालय कर्मचारी परिषद् जुम्लाका अध्यक्ष रामबहादुर शाहीले बताए। सरकारले मागबारे कुनै सुनुवाई नगरेकाले धर्नालाई निरन्तरता दिन बाध्य भएको विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले बताए।विद्यालय कर्मचारी लेखापाललाई खरिदार सरह र कार्यालय सहयोगीलाई श्रेणी विहिन स्तरको तलव सुविधा हुनु पर्ने,०७९ भदौँ १९ गते मन्त्रीस्तरीय बैठकले निर्णय गरेको कार्यान्वयन गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गरी दरवन्दी कायम गरेर विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने लगायतका माग उनीहरुको छ।श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै परिषद्ले आन्दोलनको घोषणा गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments