Incident Reports

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

2023-06-04

Bagmati, Bhaktapur, Changunarayan, Ward 2

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए।

पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत छन्।

उनले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए। फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा समेत साथी बनेर संवाद गरेको प्रहरीले जनाएको छ।

कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनीमाथि छ।

यसरी दु:ख हैरानी तथा चरित्र हत्या गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको एसपी रायले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments