Incident Reports

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै माइतीघरमा धर्ना बसेका अभियन्तालाई गृहमन्त्रीले भेटे

2023-06-07

Bagmati, Kathmandu, Kathmandu, Ward 11

२४ जेठ, काठमाडौं । वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त गर्न माग गर्दै धर्नामा बसेकाहरुलाई भेट्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइतीघर मण्डलामा पुगेका छन् ।

नदीको पानी बोटलमा बोकेर काठमाडौं आएका अभियन्ताहरुले माइतीघरमा धर्ना दिँदै आएका थिए । बुधबार धर्नास्थलमा पुगेका मन्त्री श्रेष्ठले चुरे तथा वातावरण संरक्षण र प्रदूषण नियन्त्रण सरकारको पनि एजेण्डा भएको बताए । उनले भने, ‘यो हाम्रै एजेण्डा हो, तपाईँहरुले घचघच्याएर बल दिनु भएको छ । यसको समाधान गरेर हामी अगाडि बढ्छौं ।’

अभियन्ताहरुले भने लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले यसबारे आफूले सम्बन्धित मन्त्रालयहरुलाई भनिसकेको भन्दै सम्वाद गरेर टुंग्याउन आग्रह गरे। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments