Incident Reports

६ सूत्रीय माग राख्दै सिरहाको चन्द्र माध्यमिक विद्यालयमा तालाबन्दी

2023-06-19

सिरहा । नागरिक अगुवा डा.प्रविण कुमार यादवले विभिन्न माग अघि सार्दै सिरहास्थित चन्द्र नमूना माध्यमिक विद्यालय (प्राविधिक) सिरहामा तालाबन्दी गरेका छन् ।

आर्थिक पारदर्शिता, शैक्षिक गुणस्तरको ठोस नीति, शिक्षक कर्मचारीको दुरुस्त तथ्यांक, विद्यालयको नाममा रहेको चल अचल सम्पत्तिको विवरण, लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सार्दै नागरिक अगुवा यादवले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालयका प्राचार्य मधुसुदन कर्णको गैर जिम्मेवारी र विद्यालय व्यवस्थापन समितिको फितलो निर्णयका कारण करोडौंको भौतिक क्षति भएको उनको दाबी छ ।

चन्द्रमाविमा तालाबन्दी गर्ने डा.प्रविण सिरहा नगरपालिकाका प्रमुख डा.नविन कुमार यादवका कान्छो भाइ हुन् । नगरप्रमुख हुनु अघि डा.नविन सिरहामा रहेको चन्द्रमाविको व्यवस्थापन समितिका अध्यक्ष थिए ।

तालाबन्दीबारे जानकारी लिन विद्यालयका प्राचार्य मधुसुदन कर्णसँग फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments