Incident Reports

हत्या प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2023-06-17

Lumbini, Bardiya, Bansagadhi, Ward 8

बासँगढी नगरपालिका –८ ककौराकी ३८ वर्षीया राधिका थारूको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले देवर ३३ वर्षीय मिलन थारूविरूद्ध इलाका प्रहरी कार्यालय, मोतीपुरमा असार २ गते उजुरी दिएका छन् ।

घरायासी विवादमा पीडितलाई आरोपित असार २ गते कुटपिट गर्नुको साथै धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको पीडितका आफन्त दिपेन्द्र थारूले बताउनु भयो ।

प्रहारबाट पीडितको टाउको , हात र ढाडमा गम्भीर चोट लागेको छ । घाइतेको  असार २ गते कौशिल्या अस्पतालमा प्राथमिक उपचार पछि नेपालगञ्ज वेष्टर्न अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित फरार रहेको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मोतीपुरका सई गगन गिरीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments