Incident Reports

चलाउनेको समर्थन गर्दै त्रिविका प्राध्यापकद्वारा उपकुलपति कार्यालयअगाडि प्रदर्शन « Khabarhub

2023-06-20

ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन गर्दै प्राध्यापकहरुले किर्तिपुरस्थीत उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

चलाउनेमाथि सांघातिक हमला गर्नेहरुलाई सरकारले उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उपकुलपति कार्यालयअगाडि अनसन सुरु गरेका चलाउनेप्रति समर्थन जनाउदै प्रगतिशील प्राध्यापक संगठनले प्रदर्शन गरेको हो ।

चलाउनेमाथि आक्रमणको विरुद्धमा अदालतमा मुद्दा विचाराधिन रहेपनि सरकारले उक्त मुद्दा नै फिर्ता लिन खोजेको प्राध्यापकहरुको भनाइ छ ।

यसअघि सोमबार मुद्दा फिर्ता गर्ने निर्णय सरकारले गरेको भन्दै जिल्ला अदालत पुग्दा चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको थियो ।

त्यसपछि उनी किर्तिपुरस्थित विश्वविद्यालय परिसरमा अनसन बसेका थिए । केही समयअघि चलाउनेमाथि नेविसंघका कार्यकर्ताहरुले सांघातिक हमाल गरेर घाइते बनाएका थिए । त्यसपछि चलाउने अदालत गएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments