Incident Reports

कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

2023-06-23

Lumbini, Dang, Shantinagar

शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसीपुर उप–मनपा–९ का २८ वर्षीय सुमन पाण्डेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष २५ वर्षीय सुनिल वलीलाई ०८० असार ८ गते नारायणपुरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा असार ७ गते  कुटपिट  गर्दै योजनाको फाइलसमेत च्यातेपछि पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

कुटपिटबाट शरिरका विभिन्न भागमा चोट लागेका पाण्डेको असार ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भयो ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

यसअघि, वडाध्यक्ष वलीले ०७९ फागुन १९ गते शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख कार्यकारी अधिकृत डिल्ली खड्कालाई पनि हातपात गरेपछि घटना नदोहोर्‍याउने शर्तमा मिलापत्र गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments