Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-06-24

Province 1, Morang, Katahari

बोलाइसम्बन्धी अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाँउपालिकाका ४० वर्षीय गणेश राजवंशीलाई असार ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

आरोपितविरूद्ध पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असार १० गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments