Incident Reports

नेपाल शिक्षक महासंघ खोटाङ वडाध्यक्षबाट हाजिरी प्रमाणित गर्ने खारेजीको मागसहित धर्नामा

2023-07-01

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ । नेपाल शिक्षक महासंघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका कार्यरत शिक्षक तथा कर्मचारी हाजिरी प्रमाणित, वडाध्यक्षबाट खारेजीको मागसहित नगरपालिकामा धर्ना गरेका छन् ।

शिक्षक संघले ज्ञापन पत्रमार्फत वडाध्यक्षबाट गरिँदै आएको हाजिरी प्रमाणित प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुखबाट गरिनुपर्ने मागसहित धर्नामा उत्रिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावली २०७६ को परिच्छेद ४ दफा २७ को उपदफा १ क‐ङ मा उल्लेख गरिएको नियम संशोधन वा खारेजीको मागसहित संघले २०७९ पुस १ गतेदेखि निरन्तर माग गर्दै आएको छ ।

तर, नगरसभाबाट नियमावाली संशोधन वा खारेजी गर्ने प्रतिबद्धता सहित आश्वासन दिए पनि हालसम्म पनि मागहरु पुरा नभएको बताइएको छ ।

साथै, ज्ञापन पत्रमा वडा कार्यालयबाट शिक्षकहरुको काज सरुवा नियम विपरीत भएकोले सो कार्य नगर्ने आवश्यक परेको अवस्थामा दरबन्दि मिलान सहित गरिनु पर्ने भनिएको छ । शिक्षकहरुको सरुवा प्रक्रियामा वडाको सिफारीस नियम विपरित भएको सो कार्य बन्द गरी नगरपालिकाको मात्र कायम हुनुपर्ने पनि भनिएको छ ।

पुराना तथा प्रवेशी शिक्षकहरुलाई सक्षमताका लागि पुर्नर्ताजगी तथा परिमार्जन पाठ्यक्रम अनुसारको प्रवोधिकरण तालिम व्यवस्था गरिनुपर्ने भनिएको छ । शिक्षाका विविध समस्या समाधान गर्न शैक्षिक सम्बाद समिति गठन गरिनुपर्ने, प्र.अहरुको भत्ता समय सापेक्ष बृद्धि गरिपर्ने ।

शिक्षाको शैक्षिक गुणस्तरका लागि सम्बन्धित निकाय समय समयमा सुपरिवेक्षण गरिपर्ने भनिएको छ ।

यसैगरी शिक्षक तथा कर्मचारीहरुको तलव भत्ता मासिक रुपमा भुत्तानी गरिपर्ने स्थानीय पाठ्क्रम क्रमश कक्षा ८ सम्म लागु गर्नुपर्ने माग पुरा नभए १७ र १८ गते नगरपालिकामा धर्ना असार २३ र २४ गते नगरपालिका उपस्थित भई हातमा कालोपट्टी बाँधिने धर्ना बस्ने उक्त समयमा मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमहरु शसक्त बनाएर लाने असार २५ गते थप आन्दोलन कार्यक्रमहरु घोषण गरिने ज्ञापन पत्रमा उल्लेख छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments