Incident Reports

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

2023-06-21

Madhes, Siraha, Kalyanpur, Ward 4

१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी असार १५ गते दर्ता भएको छ ।

आरोपितले बालिकालाई असार ६ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ८ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार ८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले घटना बारे अनुसन्धान गरी दर्ता गरेको बताउनु भयो । आरोपित फरार रहेकोले खोज तलास भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments