Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-01

Gandaki, Gorkha, Sahid Lakhan, Ward 1

मनोसामाजिक अपाङ्गता भएकी २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहिद लखन गाउँपालिका–१ सानो दिप्लीङका ४५ वर्षीय नारायणबहादुर रानालाई असार १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले जनाकारी दिनु भएको छ ।

अरोपितविरुद्ध असार १८ गते जिल्ला अदालतमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १७ गते गोरखा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments