Incident Reports

बालिका बलात्कार आरोप लागेकालाई कारबाही माग गर्दै अदानचुलीमा प्रदर्शन

2023-07-05

Karnali, Humla, Adanchuli

सिमकोट – बालिका बलात्कार आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका एक जनालाई कारबाही माग गर्दै आज अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा विरोध प्रदर्शन भएको छ।

आरोपी दोषी सावित भएर उन्मुक्ति नपाओस् भन्नका लागि विद्यालयका छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्।

उक्त विषयलाई लिएर अदानचुली गाउँपालिका–३ का छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। कक्षा ४ देखि आठसम्म अध्ययन गर्ने विद्यार्थीले आयोजना गरेको विरोध कार्यक्रम विद्यार्थीसहित अन्य २ सय २० जना सहभागी रहेको प्रहरीले जनाएको छ।

आरोपी बुढा र बालिकालाई पनि प्रहरीसँगै ल्याइएको हो। जिल्लामा बालिका आइपुगेलगत्तै प्रहरीले बालिकको अस्पतालमा स्वास्थ्य चेकजाँच सुरु गरेको र चिकित्सकको प्रतिवेदन आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments