Incident Reports

सेवाकेन्द्र सार्नुपार्ने मागसहित प्रदर्शन

2023-07-09

Madhes, Mahottari, Ramgopalpur

महोत्तरी — महोत्तरीको रामगोपालपुर नगरपालिकाभित्र मालपोत र नापीको सेवा कार्यालय माग गर्दै रामगोपालपुरमा प्रदर्शन गरिएको छ । जिल्लाको पायक पर्ने स्थान रामगोपालपुरमा सेवा कार्यालय दिनुपर्ने मागसहित स्थानीयले बजार र सडक बन्द गर्दै आन्दोलन सुरु गरेका हुन् ।

सदरमुकाम जलेश्वरमा रहेको मालपोत र नापीको सेवा कार्यालय गौशालामा स्थापना गर्ने भनी २ वर्ष पहिले सरकारले निर्णय गरेको थियो ।

२०७८ चैत २२ गते नेपाल सरकारले गौशालामा सेवा कार्यालय स्थापना गर्ने भनी गरेको निर्णय अव्यवहारिक र अपरिपक्क भएको र जिल्लाको पायक स्थानमा सेवा कार्यालय स्थापना गर्नुपर्ने रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार साहले बताए ।

धर्ना, मसाल जुलुस, सडक र बजार बन्द जस्ता कार्यक्रम गरी अहिले माग सम्बोधन गर्न दबाब दिइएको आन्दोलनमा सहभागीले बताएका छन् । विरोधस्वरुप आइतबार ४ घण्टा बजार र सडक बन्द गराएको आन्दोलन समितिका संयोजक वैधनाथ साहले जानकारी दिए ।

मेयर साहसहितको नेतृत्वमा भएको आन्दोलनले गौशालामा सेवा कार्यालय स्थापना गर्ने निर्णय बदर गराई रामगोपालपुरमै कार्यालय स्थापना गर्न कडा आन्दोलन गर्ने आन्दोलन समितिले बताएको छ । महोत्तरी क्षेत्र नं ४ अन्तर्गतका सयौँ नेता कार्यकर्ता र स्थानीय जोडिएर सर्वपक्षीय समिति गठन गरी रामगोपालपुरमा सेवा केन्द्र माग गरिरहेका छन् ।

सरकारले आफूहरुको माग सुन्नुपर्ने र व्यवहारिक तवरबाट सेवा कार्यालय सबै पालिकाको पायक पर्ने स्थानमा स्थापना हुनुपर्ने उनीहरुको माग छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments