Incident Reports

नगर प्रमुखको दुर्व्यवहार विरुद्ध मिर्चैयाबासीको आन्दोलन

2023-07-10

Madhes, Siraha, Mirchaiya

जिल्ला प्रशासन कार्यालयमा सिडिओ भेट्न पुगेका मिर्चैया नगरपालिकाका पीडितमाथि नगरप्रमुखले नै दुर्व्यवहार गरेको भन्दै सोमबार बिहानैदेखि मिर्चैया बजार र राजमार्ग बन्द गरेर विरोध भइरहेको छ।

पीडित पक्षले बिहानैबाट पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ। बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन्। पश्चिमतर्फ भने मिर्चैयाको जीबा नजिक पुलमा रोकिएको छ।

‘जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएपछि हामी मिर्चैयाका पीडितहरु जानकारी गराउन जिल्ला प्रशासन कार्यालय गएका थियौं,’ मिर्चैया उद्योग वाणिज्य संघका वरिष्ठ सल्लाहकार अशोककुमार साहले भने, ‘जिल्ला प्रशासन कार्यालय पुगेका पीडितमाथि मेयर श्रवणकुमार यादवले दुर्व्यवहार गरे।’ मिर्चैया नगरपालिकाका मेयर यादवको कार्यशैलीको विरुद्ध यहाँका आम जनता सडकमा उत्रीन बाध्य भएको उनले बताए।

मिर्चैया नगरपालिकाले साबिक गाविस रामनगर–२ (क) कित्ता नम्बर २५६ र २ (क) कित्ता नम्बर ६० को जग्गामा बनेका संरचना नेपाल सरकारको जग्गामा रहेको भन्दै करिब ३७ घर माघ २७, फागुन ११ र १९ गते तोडफोड गरी भत्काएको थियो। कित्ता नम्बर २५६ र ६० अहिले मिर्चैया नगरपालिकाको ५ नम्बर वडामा पर्छ । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नै नगरी चालेको कदमले बेघर बनेको, व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको लगायतका दुखेसो पीडितहरूको छ ।

गत चैत २७ गतेदेखि संघर्षमा उत्रिएका उनीहरुले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपूर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्ने लगायत माग गर्दै आएका छन्।

सडक विस्तारमात्र होइन नगरपालिकाले सडकमै नपरेको बजार क्षेत्रको १७ घरधुरी बहाल बिटौरी, ऐलानी जग्गा भएको भन्दै भत्काइदिएको उनीहरूको भनाइ छ । कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र २ (क) को कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा रहेका घर भत्काएको थियो। मिर्चैया बजारमा भत्काइएको ती घरमा व्यापारिक पसल सञ्चालित थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments