Incident Reports

यौन दुर्व्यवहारको आरोपमा निजगढबाट एक जना पक्राउ

2023-07-09

Madhes, Bara, Nijgadh, Ward 2

बारा । बाराको निजगढ २ सिङगौलकी एक १३ वर्षीया किशोरी माथी यौन दुव्र्यवहारको आरोप लागेका स्थानीय मनोज राईलाई प्रहरीले पक्राउ गरेकोछ ।

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । पसलमा सामान किन्न गएकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले राई विरुद्ध अदालतबाट आदेश लिएर पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।

पीडितका आफन्तले सोमवार यौन दुव्र्यवहार गरेको भन्दै राई विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले प्रादेशिक अस्पताल कलैया लगेर बालिकाको शारीरिक परीक्षण समेत गरेको छ । पसलमा सामान किन्न पुगेकी बालिकालाई राईले यौन दुव्र्यवहार र अश्लिल हर्कत गरेको जाहेरीमा उल्लेख गरिएको छ । आरोपी राई भने फरार बनेको र केहि दिन लुकीछिपी बसेपछि उनि स्वयम प्रहरीमा आएर आत्म समर्पण गरेका थिए । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।

सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ पनि स्थानीय किशोरी माथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments