2023-07-16
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको लापरवाहीका कारण को घोराही उपमनपा–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारको क्रममा असार २८ गते मृत्यु भएको छ । घटनाका विषयमा मृतक पक्षले बिरोध प्रदर्शन गरे पछि अस्पतालको सेवा अवरूद्ध भएको छ ।
छारे रोगका कारण असार २६ गते भर्ना भएका बालकको असार २८ गते विहान एमआरआई गर्न जाँदा बिरामीलाई ह्विलचेयर र अक्सिजन सिलिण्डरसहित लगेपछि ढोकाबाटै चुम्बकले तानेर एमआरआई मेसिनमा टाँसिएपछि चोट लागेर गम्भीर घाइते भएका बालकको असार २८ गते उपचारकै क्रममा मृत्यु भएको मृतककी फूपु सरिता नेपालीले जानकारी दिनुभयो ।
‘एमआरआई गर्ने मेसिनले ढोका खोल्नेवित्तिकै बिरामीसहित सिलिण्डर तानेर लाग्यो, त्यस्कै चोटले बिरामीको मृत्यु भयो । धातुजन्य वस्तु लैजान नहुने थाहा पाउँदा पाउँदै लापरबाही गरेर अक्सिजन सिलिण्डर लैजादा ज्यान गयो ।,’ –सरिताले भन्नु भयो ।
प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले एमआरआई गर्ने कोठामा सिलिण्डर लैजाने त्रुटि भएपनि सिलिण्डरले बिरामीलाई कुनै चोट नलागेको र छारे रोगका कारण बिरामीको मृत्यु भएको बताउनु भयो ।
मृतकका आफन्तले लापरवाहीले बालकको ज्यान गएको भन्दै असार २८ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । असार २९ गते प्रतिष्ठान घेराउ गरेका छन् भने घोराही लमही सडक खण्ड बिहान ११ बजेदेखि अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका कारण प्रतिष्ठानको ओपिडी लगायतका सबै सेवा बन्द भएका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूको भने उपचार भइरहेको प्रतिष्ठानका रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।
सहमतिका लागि असार २८ गते बसेको द्विपक्षीय बार्ता असफल भएपछि असार २९ गते पुनः वार्ता सुरू भएको छ । पीडित पक्षले क्षतिपूर्ति स्वरूप २५ लाख रूपियाँ माग गरेका छन् भने सहमति नहुँदासम्म मृतकको शव नउठाउने पीडित पक्षले जनाएको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD