Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-24

Bagmati, Sindhuli, Dudhouli, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुधौली नगरपालिका-५, सिर्थौलीका २३ वर्षीय अभिषेक कुमरलाई प्रहरीले ०८० साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, डकाहामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि कुमरलाई हिँड्दै गरेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर ढुंगानाले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ८ गते सिन्धुली अस्पतालमा भयो ।

प्रहरीले आरोपितमाथि जिल्ला अदालत, सिन्धुलीबाट साउन ९ गते नौ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको इन्स्पेक्टर ढुंगानाले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments