Incident Reports

पीडितहरुले मिटर ब्याज सम्बन्धी विधेयक जलाए

2023-07-28

१२ साउन, काठमाडौं । मिटर ब्याजबाट पीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्र प्रमाणीकरण गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ जलाएका छन् ।

दुवै सदनले पास गरेको यो विधेयकले आफूहरुको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरुको एक समूहले यो विधेयक जलाएका हुन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रुप लिएको छ । तर यो कानूनले पनि आफूहरुको समस्या समाधान नगर्ने मिटर ब्याज पीडितहरुको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people unclear
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people unclear
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments