Incident Reports

बालिका बलात्कार घटनाको उजुरी दर्ता

2023-07-29

Karnali, Jajarkot, Kuse, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले कुशे गाउँपालिका–८ का ३० वर्षीय दिपक आरसी विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय कुशेमा उजुरी दिनु भएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, जाजरकोटमा साउन १० गते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिनुभयो ।

घटनापछि बालिकाका घरपरिवारलाई दिपक रोकायको आमाले सुनको तिलहरी दिन्छु कहीँ उजुरी नदेउ भनेको बालिकाका घरपरिवारले आरोप लगाएका छन् । बालिकाका बुवाले नमानेपछि आरोपितका बुवाले ३ लाख रुपियाँमा मिल्ने प्रस्ताव राखेको बालिकाका घरपरिवारको आरोप छ । मिलापत्रका लागि दवाव आएको बालिकाका घरपरिवारले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी सन्तोष रोकाले घटनाको उजुरी प्रहरी कार्यालयमा आएको बताउँदै आरोपितको खोजी भइरहेको बताउनु भयो । आरोपित फरार रहेको डिएसपी रोकाले जानकारी दिनुभयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments