Incident Reports

पूर्वी नवलपरासीमा निर्माण व्यवसायीद्वारा प्रशासनमा धर्ना

2023-07-30

नवलपुर — पूर्वी नवलपरासीका निर्माण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नगरेको, उपभोक्ता समितिको नाममा साना व्यवसायीहरुलाई कामविहीन बनाएको र मूल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।

कोरोना कहर, आर्थिक मन्दीको समयमा निर्माण व्यवसायी धरासायी हुँदै जाँदासमेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

विकास निर्माणका कामको मूल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments