Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-07-30

Lumbini, Rupandehi, Butwal

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १४ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा आरोपितले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments