Incident Reports

बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

2023-07-28

Lumbini, Kapilbastu, Shivaraj

कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेकाे आरोपमा स्वास्थ्य प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे पक्राउ परेका हुन् ।

उनीहरु दुवै जनालाई महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कारको प्रयास भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडि बढाइने प्रहरी निरीक्षक मल्लले बताए । शिवराज नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका प्रमुख पौडेललाई पक्राउ परेलगत्तै जिम्मेवारीबाट हटाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments