Incident Reports

बलात्कारको आरोपपछि महोत्तरीका व्यवसायी प्रहरी नियन्त्रणमा

2023-08-01

Madhes, Mahottari, Bardibas

महाेत्तरी । महोत्तरीको बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । पीडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो ।

गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ ।

पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गर्थिन् । पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ । उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो । `सुरुदेखि नजिक हुने र संवेदनशील अङ्गहरूमा छुने गर्दथे,´ उनले भनिन् । युवतीको परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको विषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएकाे जनाएका छन् ।

`पैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन्,´ पीडित युवतीका मामाले भने, `हामीलाई पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भने पछि हामी प्रहरीकोमा पुगेका हौँ ।´  उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जबर्जस्ती गर्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।

छोरीमाथि भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पीडितका बुबाले अपिल गरेका छन् ।

युवतिमाथि गरिएका यौन हरकतको प्रमाण नष्ट गर्ने उद्देश्यले सिसिटिभी फुटेज नै फर्म्याट गरेको पाइएको छ । प्रहरीले थप प्रमाण बटुल्न सिसिटिभीमा कैद भएको भिडियो चेकजाँच गर्ने क्रममा डिलेट गरिएको पाइएको हो । अहिले गौतमको पसलमा भएको सिसिटिभीको हार्ड डिस्क प्रहरीले नियन्त्रण लिएको छ । हार्ड डिस्क रिकभरीको प्रक्रियामा रहेको इलाका प्रहरीले जनाएको छ ।

यता आरोपित गौतमले भने आफ्नो काम गर्ने कर्मचारीलाई कुनै पनि यौनजन्य कार्य नगरेको प्रहरीलाई बयान दिएका छन् ।  विदेश जाने तरखर गरेको र पैसाको लागि आफूलाई सुनियोजित रूपमा फसाइएको बयान दिएको प्रहरी स्रोतले बताएको छ । यद्यपि कसैलाई अन्याय नहुने गरी छानबिनलाई निष्कर्षमा पुर्‍याउने प्रहरीको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments