Incident Reports

महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका चिकित्सक पक्राउ

2023-08-06

Province 1, Morang, Biratnagar

मोरङ- महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयका चिकित्सक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आइतबार राति महानगर ४ स्थित पीडित महिलाको घर बाहिरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मधेस प्रदेश मिर्चैैयाका ४२ वर्षीय डाक्टर दीपेन्द्रकुमार महतो रहेको प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

मादक पदार्थको नशामा रहेका महतोले आइतबार राति करिब १० बजे पीडित महिलाको घर क्षेत्रमा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप रहेको प्रहरी निरीक्षक नायकले जनाए।

सह प्रवक्ता तथा प्रहरी निरीक्षक नायकका अनुसार पक्राउ परेका महतोविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ परेका महतो यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक हुन्। उनले कार्यालयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरूको नेत्र परीक्षण गर्दै आएका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments