Incident Reports

घरेलुहिंसा पीडित महिलाद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता

2023-08-07

Karnali, Kalikot, Mahawai, Ward 2

महावै गाउँपालिका–२ की २३ वर्षीया हरी शाहीले आफूलाई २५ वर्षीय पति धर्मराज सिंहले घर निकाला गरेको आरोपमा साउन २२ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।

आरोपितले साउन १९ गते अर्काे विवाह गरी गाउँमा लुकाएर राखेर घरमा आएपछि कान्छी पत्नी घरमा ल्याउँछु भन्दै नाबालक ५ वर्षीय छोरा खोसेर आफूसगै राखेर एक्लै मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको हो ।

आरोपित सिंह र अर्की पत्नी शुभकालिका–४ घर भएकी २० वर्षीया बासु कुमारी शाही विरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोट प्रहरी इन्सपेक्टर सुवराज बम बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments