Incident Reports

निर्माण व्यवसायीको आन्दोलन काठमाडौं केन्द्रित, सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रदर्शन

2023-08-10

Bagmati, Kathmandu, Kathmandu

२४ साउन, काठमाडौं । आन्दोलनरत निर्माण व्यवसायीले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका निर्माण व्यवसायीहरु बुधबार काठमाडौंमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएका थिए ।

अनामनगरबाट सुरु भएको प्रदर्शन संसद भवन नयाँ बानेश्वर अगाडि आएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले सिट्टी समेत बजाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए ।

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए ।

नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।

निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवा लगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनिर्यस् फर्मस् (स्क्याफ) का महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताए ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत र निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले काठमाडौं केन्द्रित महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाए ।

प्रदर्शनमा सातै प्रदेशबाट आएका निर्माण व्यवसायीहरू सहभागी भएको महासंघले जनाएको छ ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments