Incident Reports

माइतिघर धर्नाबाट सिंहदरबार दक्षिण गेट पुगेका आरती साहका बुबाआमासहित २२ जना गिरफ्तार

2023-08-14

Bagmati, Kathmandu, Kathmandu

दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका र साउन २९ गते सिंहदरबार दक्षिण गेट पुगेका ४७ वर्षीय विनोदप्रसाद साहसहित २२ जनालाई प्रहरीले ०८० साउन २९ गते सिंहदरबारको दक्षिण गेटबाटै गिरफ्तार गरेको छ ।

माइतिघरमा ६० दिनदेखि रिले अनशन बसिरहेका मृतक आरतीका आफन्तहरू सरकारले आफ्ना माग नसुनेपछि समर्थकहरूसहित सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुग्नुभएको थियो ।

प्रहरी गिरफ्तारीमा पर्नेहरूमा विनोदप्रसाद साह, निर्मला देवी साह, मनिषा साह, प्रेम साह, प्रभात कुमार लहेरा, विक्रान्त ठाकुर, पुरुषोत्तम महतो, जयप्रकाश यादव, विकास यादव, अफजल शेख, गौतम उत्कर्ष, आकाश महतो, शिव यादव, चुणामणि यादव, राजु कुमार महतो, माधव भूमिहार, तिलक साह, राहुल यादव, धिरेन्द्र यादव, राजु साह, रमेश यादव र दिपेश सर्राफ रहनुभएको छ ।

गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, सिंहदरबारमा तीन घण्टा राखेर छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।

जुम्ला जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका रावल २०८० साउन महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । रावल आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथै आधारभूत मानव अधिकारका सवालमा कलम चलाउनु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 30 days
Primary Form Detention of Protesters
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
INSEC

0 Comments