Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-13

Lumbini, Rupandehi, Butwal

३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका, इन्द्रेणीपथका ३९ वर्षीय चन्द्रबहादुर कुँवरलाई साउन २८ गते घरबाटै गिरफ्तार गर्‍यो ।

आरोपितले पीडित महिलालाई साउन २३ गते बलात्कार गरेको भनी पीडितले साउन २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २३ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments