Incident Reports

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा अनेरास्ववियुद्वारा प्रदर्शन

2023-08-16

Lumbini, Rupandehi, Butwal

बुटवल — पेट्रोलियम पदार्थको मूल्यवृद्धविरुद्धमा विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले सिद्धार्थ राजमार्गको बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा प्रदर्शन गरेका हुन् ।

मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीलाई सहुलियत देउ, महँगी घटाऊ‚ नागरिकलाई बाँच्न देऊलगायतका नारा र प्लेकार्डसहित बिहान ८ देखि एक घण्टा चक्काजाम गरेका थिए । सरकारले प्रटोलमा ५ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको छ ।

सरकारले पेट्रोल र डिजेलको मूल्य नघटाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डेले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments