Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2023-08-15

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 6

१२ वर्षीया दुई जना बालिका, १३ वर्षीया तीन जना बालिका र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धुलिखेल नगरपालिका-६ घर भई सोही वडामा रहेको सञ्जीवनी माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय रमेश श्रेष्ठविरूद्ध ०८० साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकाहरूलाई आरोपितले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण साउन ३० गते धुलिखेल अस्पतालमा भयो । उजुरीका आधारमा आरोपितको खोजतलास भइरहेको छ भने पीडित बालिकाहरू हाल अभिभावककै संरक्षणमा रहेको डिएसपी न्यौपानेले बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Youth Raped 6
INSEC

0 Comments