Incident Reports

बलात्कार आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

2023-08-18

Lumbini, Bardiya, Madhuwan

बर्दिया — बलात्कारको आरोपमा प्रहरीले बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा छन् ।

बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ ।

उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments