Incident Reports

युवा संघका नगर कमिटी अध्यक्ष तामाङ बलात्कार आरोपमा पक्राउ

2023-06-17

Province 1, Morang, Belbari, Ward 10

मोरङ- मोरङस्थित युवा संघ बेलबारीका नगर कमिटी अध्यक्ष काशीराज तामाङ बलात्कार आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालका अनुसार ३४ वर्षीय तामाङलाई साउन ३२ गते प्रहरीले किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो।

स्थानीय एक रेष्टुरेन्टमा २० वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोप तामाङमाथि रहेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए।

बेलबारी नगरपालिका १० का स्थानीय तामाङले गत असार २ गते बलात्कार गरेको आरोप युवतीको छ।

युवतीले प्रहरीसमक्ष साउन २४ गते किटानी जाहेरी दिएपछि तामाङ साउन ३२ गते पक्राउ परेका हुन्। प्रहरीका अनुसार तामाङ आफै पनि रेष्टुरेन्ट सञ्चालक हुन्।

हाल प्रहरीले तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए।

तामाङ नेकपा एमालेको भातृ संगठन युवा संघका नगर कमिटी अध्यक्ष हुन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments