Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित धरौटीमा रिहा

2015-09-18

Madhes, Saptari, Rajbiraj

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्ष लागि राजविराज कारागारमा थुनामा रहेका इटहरी विष्णुपुर गाविस-४ का ३५ वर्षीय उमेशकुमार यादवलाई पुनरावेदन अदालतले ०७१ पुस १७ गते धरौटीमा रिहा गर्ने आदेश गरेको छ । पुनरावेदन अदालतका मुख्य न्यायाधीश इश्वरप्रसाद खतिवडा र न्यायाधीश नन्दलाल महतो थारुको संयुक्त इजलाशले जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै आरोपितलाई २५ हजार रुपियाँ धरौटीमा छाड्ने आदेश गरेको अदालतले जनाएको छ । पुनरावेदन अदालतले गरेको आदेशमा पीडितले आरोपितहरूमाथि चोलो र साडी फुकाल्ने प्रयास गरेको भनी मात्र उजुरीमा उल्लेख गरेकोलाई दृष्टिगत गर्दा हाललाई पछि ठहरे बमोजिम हुने गरी २५ हजार धरौटी माग्ने उल्लेख गरेको छ । पीडितलाई आरोपित र इटहरी विष्णुपुर गाविस-३ का ४० वर्षीय अशिषलाल यादवले ०७१ भदौ २८ गते राति झ्याल नभएको निर्माणाधिन घरभित्र प्रवेश गरी बलात्कार प्रयास गरेको भन्दै पीडितले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा भदौ ३० गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध विरुद्ध असोज १ गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको थियो । फरार रहेका आरोपितहरुलाई जिल्ला अदालतले असोज ३० गते म्यादी पुर्जीसहित वारेण्ट जारी गरेको थियो । आरोपितमध्ये उमेशलाई प्रहरीले ०७१ कात्तिक २७ गते राजविराज नपा-१ बाट गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशमा आरोपित उमेश कात्तिक २८ गतेदेखि पुर्पक्ष लागि राजविराज कारागारमा थुनामा थिए । मनोहर कुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments