Incident Reports

माघ आठ मै संबिधानको लागि नयाँ बानेश्वरमा नागरिक खबरदारी अभियान सम्पन्न

2015-01-09

Bagmati, Kathmandu, Kathmandu

आगामी माघ आठमा नै संबिधान जारी गर्नको लागि राजनीतिक दलहरुलाई दवाब सिर्जना गर्ने उद्देस्यको साथ आज दिउसो नयाँ बानेश्वरमा "माघ ८ मै संबिधान" नाराको साथ एउटा नागरिक खबरदारी भेला सम्पन्न गरिएको छ । । संबिधानसभाको सदस्य प्रकाश ज्वलालाई मुख्य अतिथीको रुपमा आमन्त्रित गरिएको उक्त कार्यक्रममा नागरिक अगुवाहरु सुबोधराज प्याकुरेल, शर्मिला कार्की, चरण प्रसाई, बिष्णुपुकार कुमार श्रेष्ठ र उषा बरुवाल पनि उपस्थित थिए । भेलालाई सम्बोधन गर्दै सभासद प्रकाश ज्वलाले उपस्थित सबैलाई संबिधान निर्माणका लागि संबिधानसभाभित्र भईरहेको प्रयासको बारेमा जानकारी गराएका थिए । भेलामा सभासद ज्वालाले संबिधान निर्माणसम्बन्धी सर्बसाधारणहरुले राखेका भिविन्न जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने कोसिस गरेका थिए । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले आगामी माघ आठमा जसरी भएपनि संबिधान जारी हुनुपर्ने कुरामा जोड दिएका थिए ।

आगामी माघ आठमा नै संबिधान जारी गर्नको लागि राजनीतिक दलहरुलाई दवाब सिर्जना गर्ने उद्देस्यको साथ आज दिउसो नयाँ बानेश्वरमा "माघ ८ मै संबिधान" नाराको साथ एउटा नागरिक खबरदारी भेला सम्पन्न गरिएको छ । शान्तिको लागि साझा अभियानद्वारा आयोजना गरिएको उक्त भेलामा सर्वसाधारण, नागरिक समाजका प्रतिनिधि, पेसाकर्मी, पत्रकार, मानब-अधिकारकर्मी र विद्यार्थीहरु थिए। कार्यक्रममा सभासदहरु श्याम श्रेष्ठ, गरिमा शाह, नागरिक अगुवाहरु कपिल काफ्ले, शोबाकर काफ्ले र भवानी खरेलले आफ्नो बिचार राखेका थिए । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले आगामी माघ आठमा लोकतान्त्रिक र सबैको अधिकार सुनिस्चित हुने संबिधान जारी हुनुपर्ने कुरामा जोड दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Journalist/Media , CSO/NGO , HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments