Incident Reports

अख्तियारका अधिकृतले नै २ लाख घुस लिएको खुलासा

2015-01-13

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई अधिकृतले नै मुद्दा मिलाइदिन्छु भन्दै २ लाख घुस लिएका छन्। जिल्ला स्वाथ्य कार्यालय कुश्मा, पवर्तले औषधी लगायतका सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका क्रममा शाखा अधिकृत विनोद अमात्य र लेखाका तोयानाथ शर्माले घुस लिएका थिए। जिल्ला स्वाथ्य कार्यालयका प्रमुख नारायण ओझासँग स्थलगत अध्ययनका लागि पर्वत पुगेका अमात्य र शर्माले मुद्दा मिलाइदिन्छु भन्दै घुस लिएका थिए।अख्तियारकै कर्मचारीले घुस लिएको उजुरी परेपछि छानविनका क्रममा रकम लिएको खुल्न गएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीले बताएका छन्। मंगलबार साँझ आफ्नो ट्विटर मार्फत कार्कीले यस्तो कुरा बताएका हुन्। घुस लिने दुबै जनालाई निलम्बन गरी हिरासतमा राखिएको अख्तियारले जनाएको छ। ‘आयोगका अधिकृतद्वय विनोद अमात्य र तोयानाथ शर्माले रू २लाख घुस/रिसवत लिएको भन्ने उजुरी छानविनक्रममा संकलित प्रमाणबाट रकम लिएको खुल्न आएकोले आयोगको भ्रष्टाचार विरुद्धको गरिमामय अभियानमा धब्बा लगाउने निकृष्ट/निन्दनिय कार्य गरेको हुँदा निजहरूलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ,' कार्कीले ट्वीटरमा भनेका छन्, 'अनुसन्धानको सिलसिलामा आयोगका कर्मचारीहरूले अनुचित लाभका लागि रकम माग गरेको भए सत्य सूचना दिनुभई भ्रष्टाचार विरुद्ध सहकार्यका लागि अनुरोध।'

0 Comments