Incident Reports

ज्वाईंको कुटाईबाट सासुको मृत्यु, श्रीमती घाइते

2015-01-18

Bagmati, Sindhupalchok, Sunkoshi

सिन्धुपाल्चोकको ठोकर्पामा ज्वाईंको कुटाईबाट सासुको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । घरायसी विवादका कारण ठोकर्पा–२ का ३३ वर्षीय राजकुमार खत्रीले गए राति ४५ वर्षीया सासु सिता पहरी तथा २५ वर्षीया श्रीमती सुशिला खत्रीलाई कुटपिट गरेका थिए । कुटपिटका क्रममा दुबै जना घाईते भएपछि प्राथमिक स्वास्थ्य केन्द्र ठोकर्पा लगिएकोमा उपचारको क्रममा खत्रीका सासु सिता पहरीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । खत्रीका श्रीमती सुशिला खत्री भने सामान्य उपचारपश्चात् घर फर्किएका छन् । कुटपिटमा संलग्न राजकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments