Incident Reports

बुहारी हत्या आरोपमा सासू थुनामा

2015-01-25

Madhes, Saptari, Rajbiraj

बरही बीरपुर गाविस-१ की २१ वर्षीया रम्भादेवी यादवको हत्या गरेको आरोपमा उनकी सासू ४७ वर्षीया अरुहुलियादेवी यादवलाई जिल्ला अदालतले माघ ११ गते थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको आदेशमा अदालतमा हाजिर हुन आएकी आरोपितलाई पुर्पक्षका लागि कारागारमा थुनामा पठाउने आदेश भएको हो । हत्या आरोपमा मृतकका पति २६ वर्षीय सन्तोषकुमार यादव ०७० माघ २१ गतेदेखि पुर्पक्ष लागि राजविराज कारागारमा थुनामा छन् । अन्य आरोपितहरू मृतकका ससुरा ५३ वर्षीय बीरेन्द्र यादव तथा नन्दहरू २१ वर्षीया रन्जुदेवी यादव र १९ वर्षीया मन्जुदेवी यादव हालसम्म फरार रहेका छन् । पीडितलाई आरोपितले ०६९ असार ४ गते राती घाँटी थिचेर हत्या गरेको भन्दै मृतकका पिता बोरिया गाविस-८ का ४२ वर्षीय श्यामसुन्दर यादवले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०६९ असार २० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सामाजिक परम्पराअनुसार ०६७ असारमा विवाह भएपनि तीन वर्षम्म सन्तान नजन्मिएको भन्दै घरपरिवारले उनलाई यातना दिँदै आएका थिए । मृतकको घाँटीमा चोटपटक र नीलडाम रहेको अवस्थामा ०६९ असार ५ गते बिहान घरमा लाश फेला परेको थियो भने आरोपितहरु फरार भएका थिए । लाशको धरानस्थित वि.पी. कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा ०६९ असार ७ गते पोष्टमार्टम भएको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments