Incident Reports

बाटो खन्दा भेटिएको बम सेनाद्वारा डिस्पोज जुम्ला

2015-01-28

Karnali, Jumla, Chandannath

अञ्चल प्रहरी कार्यालय जुम्ला परिसरको बाटो खन्ने क्रममा भेटिएको बम नेपाली सेनाको टोलीले माघ १४ गते निस्कृय पारेको छ । अञ्चल प्रहरी कार्यालय भित्र जाने बाटो खन्दै गर्दा कालो प्लाष्टिकले बेरिएको वस्तु देखिएको र सो वस्तु बम हुन सक्ने आशङ्का गरी नेपाली सेनालाई खबर गरिएको अञ्चल प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीले दिएकोजानकारी अनुसार नं. २४ कर्णाली बाहिनी जुम्लाबाट क्याप्टेन कमल खत्रीको कमाण्डमा आएको टोलीले बुधबार दिउसो १ः२५ बजे उक्त बम डिष्पोज गरेको थियो । उक्त बम द्वन्द्वकालमा प्रहरीद्वारा आफ्नै सुरक्षाका लागि राखिएको हुन सक्ने अञ्चल प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । बाटो खन्ने अवस्थामा त्यस्तै बम अरु पनि भेट्न सकिने आशङ्का गरिएको छ ।

मानदत्त रावल

0 Comments