Incident Reports

पत्नी हत्याको आरोपित गिरफ्तार

2015-01-30

Lumbini, Rolpa, Rolpa

२९ वर्षीया पत्नी जसमता बाँठालाई माघ १६ गते भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको आरोपमा हृवामा गाविस-८ का ३३ वर्षीय श्यामबहादुर बाँठालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले माघ १६ गते गिरफ्तार गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका श्यामबहादुरले आफ्नो दाईको घरमा बसिरहेकी पत्नीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको आरोपितका दाजु मेगबहादुर बाँठाले प्रहरीलाई बताएका छन् । शवको जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । यस अघि पनि आरोपितले पत्नीलाई पटकपटक कुटपिट गर्ने गरेका दाजु मेगबहादुर बाँठाले बताए । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नविनराज राईले बताए । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments