Incident Reports

प्रहरी र अपहरणकारीबीच गोली हानाहान, दुई जना घाइते

2015-02-06

Province 1, Jhapa, Shivasataxi

 ६ दिन अघि काँकडभिट्टाबाट अपहरणमा परेका बिर्तामोडका व्यापारी ४९ वर्षीय सुनिलकुमार बिन्दललाई प्रहरीले माघ २३ गते सकुशल अपहरण मुक्त गरेको छ । अपहरितलाई मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच धरमपुर गाविस-२ मा गोली हानाहान हुँदा एक प्रहरी अधिकारीसहित दुई जना घाइते भएका छन् । भारतको सिलिगुडी जाँदै गरेका व्यापारी बिन्दल ०७१ माघ १८ गते साँझ काँकडभिट्टाबाट बेपत्ता भएका थिए । उनको खोजीमा जुटेको नेपाल प्रहरीले उनलाई ६ दिनपछि धरमपुरबाट उद्दार गर्न सफल भएको झापाका एसपी मुकुन्द आचार्यले बताए । घटनाविवरणअनुसार उनका साथी बजरङ्ग पन्सारीले नास्ता खान जाउँ भन्दै उनलाई आफ्नो मोटरसाइकलमा हालेर मेचीनगरस्थितर् इटा भट्टा पुर्‍याएका थिए । पीडितको परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएपछि अपहरणको घटना र्सार्वजनिक भएको थियो । अपहरणमा संलग्न बजरङ्ग पन्सारीसहित बिर्तामोड नगरपालिका- ७ का केशव फुयाँल, भारतको आसाम राज्य कोक्राझार अठियाबारीका राजकुमार थापा, आसामकै चिराङका फौदसिंह तामाङ र धरमपुर -३ पाराबारीका भुवन कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । केही अपहरणकारी फरार रहेकाले खोजतलास तिब्र पारिएको एसपी आचार्यले बताए । प्रहरीले बिन्दललाई धरमपुर-२ को हर्क कन्दङवाको घरबाट उद्धार गरेको हो । उद्धारका क्रममा प्रहरी र अपहरणकारीबीच दोहोरो गोली हानाहान भएको थियो । प्रहरीको गोली प्रहारबाट अपहरणकारी मध्येका तामाङ घाइते भएका छन् । उनको बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ । यस्तै अपहरणकारीको गोली लागेर क्षेत्रीय प्रहरी कार्यालय रानीमा कार्यारत असई राजेन्द्र चौहान घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । असई चौहानको पनि सोही हस्पिटलमा उपचार भइरहेको एसपी आचार्यले बताए । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Abduction
Weapons Small arms
Primary Cause Other governance issues
Secondary Cause Kidnapping for ransom
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth unknown
Total Injured 2
INSEC

0 Comments