Incident Reports

बोक्सीको आरोपमा दुर्व्यवहार गर्नेलाई जरिवाना गर्न अदालतको आदेश

2015-02-08

Madhes, Siraha, Siraha

 बेल्हा गाविस-२ की ४७ वर्षीया चन्दन देवी साहलाई असोज १० गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा धरौटीमा रिहा भएका बेल्हा गाविस-३ का ५० वर्षीय भुटकुन साह र सोही गाविस- ५ का ४५ वर्षीय तपेश्वर मुखियालाई जनही पाच हजार जरिवाना गर्न जिल्ला अदालतले माघ २५ गते आदेश गरेको छ । बेल्हा गाविस -५ का तपेश्वर मुखियाको १४ वर्षीय छोरा राजु मुखियालाई असोज १० गते सर्पले टोकेर उपचारको क्रममा मृत्यु भए पछि चन्दन देवीले नै बोक्सी लगाएर सर्पलाई टोक्न लगाएको भन्दै २ सय जति गाउँलेहरूले पीडितको घर घेरा हाली हातपात गरेका थिए । घटनाका आरोपितहरू बेल्हा गाविस-३ का ५० वर्षीय भुटकुन साह र बेल्हा गाविस-५ का ४५ वर्षीय तपेश्वर मुखियालाई असोज २२ गते गिरफ्तार गरिएकोमा आरोपितहरू असोज २७ गते जनही १० हजार धरौटीमा रिहा भएका थिए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments