Incident Reports

बहुविवाहका आरोपितद्वयलाई कैद सजाय पाँचथर

2015-02-09

Province 1, Panchthar, Phidim, Ward 4

बहुविवाहको मुद्दामा दोषी ठहर भएका भारापा गाविस-९ का ३७ वर्षीय बुद्धकुमार लिम्बू र उनकी कान्छी पत्नी २७ वर्षीया रञ्जु तामाङ लिम्बूलाई जिल्ला अदालतले माघ २५ गत जनही एक वर्षकैद र पाँच हजार जरिवानाका गर्ने फैसला गरेको छ । आरोपितद्वयलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरी अदालतमा हाजिर गराएको थियो । जिल्ला अदालतको ०६९ असोज २१ गतेको फैसलाअनुसार कैद भुक्तान गर्न बाँकी रहेकोले प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई घरैबाट गिरफ्तार गरेर जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक पोखरेलले बताए । आरोपितहरु विरुद्ध बुद्धकी जेठी पत्नी २७ वर्षीया पिङकी योक्पाङदेनले ०६८ चैत १७ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएकी थिइन् । आरोपितद्वयले ०६९ चैत १२ गते विवाह गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । प्रहरीले आरोपितद्वयलाई चैत २० गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो । जिल्ला अदालतको आदेशअनुसार ०६९ वैशाख १० गते बुद्ध र रञ्जुले क्रमशः ३५ र १५ हजार रुपियाँ धरौटी बुझाइ तारिखमा रिहा भएका थिए । मङ्गल बेघा

0 Comments