Incident Reports

नेपाली महिलाको बलात्कार र हत्याको आरोपमा आठ भारतीय पक्राउ

2015-02-10

Bagmati, Kathmandu, Kathmandu

भारतमा, सुस्त मनस्थितिको समस्याबाट ग्रसित एकजना नेपाली महिलालाई बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न ८ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। सबैतिर सार्वजनिक आक्रोश भइरहेको समयमा हरियाणा राज्यको प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुई वर्षअघि राजधानी दिल्लीमा एकजना विद्यार्थीको सामूहिक बलात्कार र हत्याको घटनापछि भारतमा महिलाविरुद्धको यौन हिंसा एकदमै संवेदनशील मुद्दा बन्न पुगेको छ।  यौन हिंसाको शिकार भएकी ती महिला भारतमा आफ्नी दिदीलाई भेट्न र मानसिक अवसाद रोगको उपचारका लागि आएकी थिइन्। ती २८ वर्षिया महिला गत फेब्रअरी एक तारिखदेखि हरयाणाको रोहतक नगरबाट हराइरहेकी थिइन्। त्यसको केहि समयपछि उनको क्षतविक्षत शव एउटा खेतमा फेला परेको थियो। उनकी दिदीले आफ्नी बहिनी हराएको बेला देखि नै प्रहरीले निकै सुस्त प्रतिक्रिया जनाएको भनि सार्वजनिक रुपमा नै प्रहरीको आलोचना गरेकी छन्। उनीमाथि धेरै पटक यौन हिंशा भएको उनको शवको पोष्टमार्टम प्रतिवेदनले देखाएको थियो। पोष्टमार्टममा संलग्न एकजना चिकित्सकले भारतको एनडीटीभी च्यानलसंग कुरा गर्दै आफूले आफ्नो २९ वर्षे व्यवसायिक जीवनमा त्यो जतिको भयानक र बर्बर घटना नबेहोरेको बताएका छन्। सोमबार बीबीसीसँग कुरा गर्दै हरयाणा प्रहरीका महानिर्देशक वाइ पी सिंघलले, उक्त घटनामा आरोपित नौ जना मध्ये आठजना पक्राउ परेका बताएका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरुले ती मानसिक अवस्था ठीक नभएकी महिलालाई बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन्। हालैका बर्षहरुमा भारतमा महिलामाथि हुने यौन हिंसाको विषयले संचार माध्यममा ठूलै चर्चा पाउने गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments