Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-02-08

Madhes, Saptari, Rajbiraj

 ५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नपा-१ का २२ वर्षीय शक्ति गुरुङलाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेकी पीडितलाई ०७१ माघ २५ गते राति ९ बजे बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले गिरफ्तार गरेको इन्स्पेक्टर उमेश लम्सालले बताए । गिरफ्तार आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि ०७१ माघ २७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ । राजविराजस्थित अञ्चल अस्पतालमा माघ २७ गते साँझ ल्याइएकी पीडित महिलाको स्वास्थ्य परीक्षण हुन नसकेपछि माघ २८ गते स्वास्थ्य परीक्षण गरिने असई श्रीदेव यादवले बताए । आरोपितले भने आफूमाथि झुठा आरोप लगाइएको बताए । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments