Incident Reports

शल्यक्रियामा लापरबाही गरिँदै

2015-02-10

Madhes, Mahottari, Jaleswor

 महोत्तरी अस्पताल जलेश्वरस्थित एमसीएच भवनमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा चिकित्सकले शल्यक्रियामा प्रयोग गरिसेकेका सामानहरू नै पुनः पखालेर प्रयोग गर्ने गरेको भेटिएको छ । एकपटक बिरामीको शल्यक्रियामा प्रयोग गरेपछि फाल्नुपर्ने पञ्जा सहितका सामान चिकित्सकले पखालेर दोश्रो बिरामीको शल्यक्रियामा प्रयोग गर्ने गरेको पाइएको छ भने सर्जिकल सामग्रीहरू निर्मलीकरण नगरी प्रयोग गरेको पाइएको छ । स्वास्थ्य नियमावली अनुसार एकपल्ट प्रयोग गरिएको र्सर्जिकल सामान दोस्रो पटक प्रयोग गर्न मिल्दैन । स्थायी बन्ध्याकरण शल्यक्रिया गर्ने बिरामीको चाप धेरै भएको र सरकारले उपलब्ध गराएको सर्जिकल सामान अपुग भएकाले पखालेर प्रयोग गर्नु परेको चिकित्सकहरू बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा सञ्चालित महिला तथा पुरुषको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउन आएकी महिलाहरू सिटको व्यवस्था नुहँदा भवन वाहिर नै बस्न बाध्य भएका छन् । सदरमुकाम बाहिर शिविर सञ्चालन गरिँदासमेत बिरामीहरूलाई चिसो हावा र इन्फेक्सनबाट बचाउन घेरबेरा गरिएको हुन्छ भने अस्पताल परिसरमै बिरामीलाई यसरी राख्नु कतिको उचित हो त - भन्ने प्रश्नको जवाफमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राम परीक्षण यादवले भने 'हामीले कसैलाई कर गरेर बाहिर राखेका होइनौँ बिरामीको लागि पूरै अस्पताल नै खाली छ । इन्फेक्सन नहोस् भनेर हामीले एन्टिबायोटिकको व्यवस्था समेत गरेका छौँ र आवश्यकता अनुसार अस्पताल भित्रै पनि बिरामीलाई राखिएकै छ ।' परिवार नियोजन शिविरका फोकल परसन विजयकुमार यादवका अनुसार पौष १५ गतेदेखि सन्चालनमा रहेको यो शिविरमा हालसम्म ८ सय जना महिलाले बन्ध्याकरण गराइसकेका र दैनिक सरदर ५० जनाको हिसाबले बन्ध्याकरण हुने गरेको छ । बन्ध्याकरण शिविरमा हालसम्म एकजना पनि पुरुष नआएको उनले बताए । शिविरमा आर्थिक चलखेल गरी गुणस्तरहीन औषधी वितरण गरिएको,सरसफाईमा ध्यान नदिईएको, शल्यक्रिया गरिएका महिलालाई चिसो भुईमा सुताउने गरेको तथा अपरेशन कक्ष फोहोर भएकाले बिरामीहरूमा सङ्क्रमण देखिएको छ । अजयकुमार साह

0 Comments